Websoft University

प्रेस विज्ञप्ति--मुख्यमन्त्री शेधरन राईलाई आज महासंघका अध्यक्ष, सल्लाहकार र महासचिबसहितको टोलीले भेट गरि पत्रकार तथा सञ्चार माध्यमका समस्याबारे ध्यानाकर्षण गराइयो

 


बिराटनगर बैशाख ३० गते । रातो तारा डट कम, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण पत्रकार र सञ्चारकर्मी  पनि नराम्ररी प्रभावित हुन पुगेका छन् । पहिलो महामारीमा प्रदेश १ मा सय जना पत्रकार संक्रमित भएकोमा दोस्रो महामारीबाट अहिलेसम्म ३८ जना पत्रकार संक्रमित भएका छन् भने १ जनाको दुःखद् निधन भएको छ । निधन भएका पत्रकार कमल मिश्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित सबै पत्रकार साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

महासंघ प्रदेश समितिको गत भर्चुअल बैठकबाट भएका निर्णय र त्यसअनुसार प्रदेशका मुख्यमन्त्री शेधरन राईलाई आज महासंघका अध्यक्ष, सल्लाहकार र महासचिबसहितको टोलीले भेट गरि पत्रकार तथा सञ्चार माध्यमका समस्याबारे ध्यानाकर्षण गराइएका विषय विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छः
 
१. मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएका विषयहरुः
क) कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुको सहज रुपमा पिसिआर परीक्षणको व्यवस्था गर्न, संक्रमित भएका पत्रकारहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउन ।

ख) कोरोनाबाट प्रभावित पत्रकारहरुको लागि महामारी विरुद्ध सचेतना फैलाउने सामाग्री संप्रेशण गर्नेगरि फेलोसिपको व्यवस्था गर्न र संकटग्रस्त सञ्चारसंस्थाका लागि राहत प्याकेज ल्याउन ।

ग) प्रदेश सरकार मातहतको प्रादेशिक सञ्चार प्रतिष्ठानमातहत रहेको पत्रकार उपचार कोष कोरोना संक्रमित पत्रकारको उपचारमा परिचालन गर्न ।

घ) कोरोना संक्रमणको जोखिम प्रदेशमा बढिरहेको बेला नागरिकको जीवनरक्षको लागि प्रभावकारी कदम चाल्न, अस्पतालको क्षमता विस्तार गर्न र अक्सिजनसहित आवश्यक स्वास्थ्य सामाग्रीको सहज व्यवस्थापन गर्न ।

२. बैठकबाट भएका निर्णयहरु
क)  महामारीबाट प्रभावित भएका पत्रकारहरुको राहत र उद्धारको लागि र दिर्घकालिन रुपमा आउनसक्ने जोखिममा पनि प्रयोग गर्नसक्नेगरि प्रदेश समितिको तर्फबाट आपत्कालिन राहत तथा उद्धार कोष निर्माण गरिएको छ । प्रदेश समितिका पदाधिकारी र सदस्यहरुको योगदानबाट सुरु भएको कोषमा सहयोग गर्न सबैलाई आह्वान गरिएको छ । सहयोग गर्नेले महासंघको नाममा विराटनगरको प्राइम कमर्सियल बैंक ट्राफिक चौक शाखामा रहेको खाता नं.  ०३४०१५३९ ऋब् मा रकम जम्मा गर्न सकिनेछ ।

ख) कोरोनाको पहिलो महामारीको बेला संक्रमित भएका पत्रकार साथीहरुले अझै कोराना विमाबापतको रकम भुक्तानी नपाएको देखिएकोले सगरमाथा, अजोडलगायतका विमा कम्पनीलाई तत्काल विमावापतको रकम भुक्तानी गर्न माग गर्दछौं ।

ग) जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रीको उपलब्धता नभएमा प्रदेश समितिबाट उपलब्ध गराउनेगरि व्यवस्थापन गरिएको जानकारी गराउँदछौं ।

घ) महामारीबाट आफैं सतर्क भएर बच्नु महत्वपूर्ण विषय भएकोले अनिवार्य फिल्डमा जानुपर्ने अवस्थाबाहेक घरभित्रै रहेर रिपोर्टिङ गर्न सबै पत्रकारहरुलाई आग्रह गर्दै त्यसमा सहजीकरण गर्न सबै सञ्चाार माध्यमलाई आग्रह गर्दछौं ।
                                                                                                    विवेक गौतम
महासचिब

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.