Websoft University

पोखराको अक्सिजन ग्याँस उद्योगमा प्रहरी पुग्दा, कहाँबाट आयो यति धेरै सिलिण्डर ? (भिडियो सहित)

काठमाडौ । रातो तारा डट कम,देशभरका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव छ । हस्पताल भर्ना भएका सबैलाई अक्सिजन लगाउनु पर्ने भएकाले एकै पटक यो समस्या आएको हो । पोखरा भित्रका मेटल कम्पनी, वर्कसप,इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसंग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरेर जिल्ला प्रहरी कार्यालय कास्कीका केही प्रहरीहरु पोखराको अक्सिजन ग्याँस उद्योगमा गए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती सिलिण्डरहरु पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी संकलन गरिएको  थियो ।
कास्की प्रहरी र मातहतका प्रहरी कार्यालय समेतबाट संकलन गरी हाललाई कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको जनाइएको छ । हेर्नुहोस् यो भिडियो 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.