Websoft University

इन्द्रपुर जुनियर जेसिजले जेब्रा क्रसिङ बनायो

 


शिव भट्टराई,मोरङ बैशाख ३१ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालीका स्थित इन्द्रपुर जुनियर जेसिजद्वारा जेब्रा क्रसिङ निर्माण गरिएको छ।

इन्द्रपुर जुनियर जेसीजको आयोजनामा र ट्राफिक पोष्ट विराटचोकको सहयोगमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको खोर्सानेमा दुई वटा ,सलकपुरमा एउटा, विराटचोकमा एउटा र हरैंचा मोडमा एउटा गरी जम्मा ५ वटा जेब्रा क्रसिङ निर्माण गरिएको हो।

हाल कोरोना भाइरसको जोखिम बढे सँगै जारी भएको निषेधाज्ञाको समयमा रोड खाली हुने भएकाले स्वास्थ्य मापदण्ड अपनाउँदै बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि जेब्रा क्रसिङ निर्माण गरिएको इन्द्रपुर जुनियर जेसिजका अध्यक्ष प्राञ्जल ढकालले जानकारी दिएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.