Websoft University

प्रदेश १ मा आज ५७७ संक्रमित थपिए

 


विराटनगर, २२ वैशाख । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १५४, सुन्दरहरैचामा ११, कटहरीमा ७,  पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २–२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान , स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमलगाउँपालिकामा ९–९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४–४, बुद्धशान्ति र कचनकवलमा ३–३, हल्दिबारीमा २, सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जु, दुहवी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, 

धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २–२, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २–२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १–१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १२९ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ९० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ५११ पुगेको छ । 

प्रदेश १ मा आज १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.