Websoft University

धिमाल जाति बेलबारीका सुन्दर पहिचान हुन्-उप प्रमुख पराजुली।


बेलबारी,२६ वैशाख । रातो तारा डट कम,बेलबारीमा धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिको आयोजनामा ऐतिहासिक धिमाल जातिको परम्परागत भेषभुषा अर्थात पोशाक उत्पादन तालिम सम्पन्न भएको छ ।


गत वैशाख ५ गते उद्घाटन भएको उक्त तालिम २० दिनसम्म चलेको र कोरोना महामारी र सरकार द्वारा जारी गरिएको निषेधाज्ञाका कारण समापन कार्यक्रमलाई सिमित व्यक्तिहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरी साधारण रूपमा कार्यक्रम समापन गरिएको सस्थाका अध्यक्ष कबिन्द्र धिमालले बताए।

कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले तालिमका सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै बेलबारी नगरको भूमिपुत्रको रुपमा रहेका धिमाल जाती नगरको सुन्दर पहिचानको रुपमा रहेको बताउँदै नगरपालिकाद्वारा घोषणा गरिएको पहिलो जाति धिमाल जातिलाई उद्यमी व्यवशायी बनाएर जीविकोपार्जनका सहज र अनुकूल वातावरण निर्माण गर्न नगरपालिका लागिपरेको बताइन्। उपप्रमुख पराजुलीले धिमाल जातीय संस्थाले गरेका उदाहरणयोग्य कामको प्रशंसा गर्दै धिमाल जातीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने पनि बताइन्।

`सीपलाई जीवन रुपान्तरणको माध्यम बनाऔँ´-उपप्रमुख पराजुलीले भनिन्।

धिमाल जातीय विकास केन्द्र बेलबारीका अध्यक्ष कवीन्द्र धिमालले बेलबारी नगरपालिकालेबप्रथम जातिको रूपमा धिमाल जातिलाई घोषणा उक्त जातिको उत्थान र विकासको लागि नितिगत रुपमा बजेट विनियोजन गरेर कार्यनयनमा समेत सहयोग गरेकोमा नगरपालिका र जनप्रतिनिधिहरुलाई धन्यवाद दिए । उनले तालिममा सहभागीलाई सिकेको कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.