Websoft University

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले दियो नगरपालिकालाई अक्सिजन सिलिण्डर

 

मोरङ बैशाख २६ गते । रातो तारा डट कम,कोभिड १९ को महामारीमा निजी क्षेत्रले गाउँगाउँमा सहयोग गर्दै आएका छन् । मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले दोस्रो लहरको कोरोना शुरु भएयता विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ 


सामाजिक उत्तरदायित्व अन्तर्गत महामारीको बेला नागरिकलाई सचेतना जगाउँदै ‘ए हजुर, खै मास्क’ भन्ने अभियान नै सञ्चालन गरेको छ । सुन्दरहरै‌चा नगरपालिकामा बसेकाे विपद व्यवस्थापन समितिकाे निर्णय अनुसार नगरपालिकालाई सङ्घकाे तर्फबाट अक्सिजन सिलिन्डर प्रदान गरेकाे छ ।


साे क्रममा नगरप्रमुख ढकालले नागरिककाे जीवन रक्षाकालागि नगरले प्राप्त अक्सिजन सिलिन्डरलाई रिफिल गरी काेभिडका विरामीलाई अक्सिजन प्रदान गरिने बताए ।

आइतबार पहिलाे चरण किस्ति खाेलादेखि सलकपुर सम्मका उद्याेग तथा व्यक्तिका घरमा रहेका ३५ थान अक्सिजन सिलिन्डर नगरप्रमुख शिवप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् । सङ्घकाे १ सय ५० सिलिन्डर सङ्कलन गरिने जनाएकाे छ ।  साे क्रममा बाेल्दै वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजालले महामारीमा निजि क्षेत्रले सकेकाे सबै सहयाेग गर्ने बताए ।  उद्याेग सचिव समेत रहेका हरि कार्कीले मात्र पन्द्र थान अक्सिजन दिएका छन् ।

हरैँचा बजार, सलकपुर, मृगौलिया, खोर्साने, विराटचोक, गोठगाउँ लगायतका क्षेत्रमा फरकफरक दिनमा गई मास्क वितरण गर्दै मास्क लगाउन प्रेरित गरिएको संघका महासचिव नारायण कार्कीले बताए ।

यसैगरी, जनताको सुरक्षार्थ खटिने नेपाल प्रहरीलाई समेत संघले मास्क वितरण गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी, विराटचोक र हरैँचामा मास्क वितरण गरिएको उनले जानकारी दिए ।

नागरिकहरु अस्पतालसम्म जान नसकिरहेको अवस्थामा स्वाब संकलन कार्य घरमै गरिने भएको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य संघ र सुकुना सामुदायिक अस्पतालको संयुक्त आयोजनामा बैशाख २७ गतेदेखि स्वाब संकलन गर्न लागिएको बताइएको छ । यसको प्राविधिक सहयोग नोबेल मेडिकल कलेजले गर्ने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.