Websoft University

नोवेल अस्पतालमा उपचाररत चौदण्डीगढी नगरपालिका ५ का ५५ वर्षिय पुरुषको मृत्यु

 


गाईघाट २० वैशाष । रातो तारा डट कम,कोरोना संक्रमण बाट उदयपुरमा सोमबार एक जनाको मृत्यु भएको छ । बिराटनगर स्थीत नोवेल अस्पतालमा उपचाररत चौदण्डीगढी नगरपालिका ५ का ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । बैशाष १८ गते रुघाखोकी लगायत अन्य समस्या देखीएपछि नोवेल अस्पतालमा उपचार गर्न पुगेका उनको कोरोना परिक्षण को क्रममा पोजेटिभ देखीएको थियो । बिरामीको आइसोलेसनमा राखेर उपचार भैरहेकोमा सोमवार बिहान मृत्यु भएको जिल्ला प्रसासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाईले बताए । शवको त्रियुगा नदिमा परिवारका सदस्यहरुले दिउसो ब्याबस्थापन गरेको प्रहरीले जनाएको छ । यो संगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या उदयपुरमा २ पुगेको छ  । यस अघि उपचार नपाएर त्रियुगा नगरपालिका ६ का ३३ वर्षिया युवतीको कोरोना बाट मृत्यु भएको थियो । जिल्ला मा कोरोना संक्रमीतको संख्या ४५ पुगेको छ । एन्टीजेन बाट परिक्षण गरीएमा सोमबार ३ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.