Websoft University

लागुऔषध सहित २ जना पक्राउ

 


मोरङ, बैशाख २४ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक ईटहरी उप-मानगरपालिका-४ का २४ बर्षीय असिम बस्नेत र स्कुटरमा पछाडी सवार रहेका ईटहरी उप(मानगरपालिका-५ का ३२ बर्षीय कुमार बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.