Websoft University

विद्युत सर्ट भै आँगलागी हुँदा पाँच घर पसल जलेर नष्ट

 


श्याम राई÷उदयपुर  गाईघाट, २६ बैशाख । रातो तारा डट कम, चौढण्डीगढी नगरपालिका–८ विरेन्द्र बजारमा आईतबार विहान विद्युत सर्ट भै आँगलागी हुँदा पाँच घर पसल जलेर नष्ट हुँदा झण्डै १ करोड बराबरको क्षती भएको छ ।

स्थानीय भरत राईको घरमा विद्युत सर्ट भई शिशिर राई, बादल विक्रम राई, पदम कुमारी मगर र कृष्ण मगरको घर पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी भिम वहादुर दाहालले बताए । विहान ४ः१० बजे भएको आँगलागी स्थानीय बासिन्दा चौढण्डीगढी नगरपालिकाको दमकल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.