Websoft University

कोरोना संक्रमणको कारण सप्तकोशीमा संचालन भैरहेको जलयात्रा शुक्रबारदेखि बन्द भयो


 श्याम राई÷उदयपुर   गाईघाट, २४ बैशाख । रातो तारा डट कम,बढ्दो कोरोना संक्रमणको कारण सप्तकोशीमा संचालन भैरहेको जलयात्रा शुक्रबारदेखि बन्द भएको छ । 

स्थानीय प्रशासन र सेवा प्रदायकबीच भएको संझौता बमोजिम अनिश्चितकालको लागि सेवा बन्द गर्ने सहमति भएको हो । कोभिडको अवस्था सामान्य बन्दै गएपछि जलयात्रा पुनः संचालन गरिनेछ ।

सप्तकोशीमा पाँच वर्षदेखि विभिन्न कम्पनीले पानी जाहाजहरु ( जेटबोट) संचालन गर्दै आएको छ । सात वटा जलयातायात कम्पनीले ३ सिट क्षमताको ३ वटा, ८ सिट क्षमताको २ वटा, १८ सिट क्षमता १ वटा र ७० सिट क्षमताको १ वटा जेट बोट संचालन गर्दै आएको सेवा प्रदायक कम्पनीका संचालक रमण भट्टराईले बताए ।

सुनसरी र उदयपुर जिल्ला प्रशासन र सेवा प्रदायकबीच सेवा बन्द गर्ने संझौता भएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.