Websoft University

धार्मिक तथा सांस्कृतिक भेलाजन्य गतिविधि नगर्न आग्रह

फोटोो फायल
काठमाण्डौ जेठ ९ गते । रातो तारा डट कम,कोभिड–१९ को महामारी वढिरहेका कारण त्यसको न्यूनीकरण गर्ने उद्धेश्यले नुवाकोटको पूर्वी भेगमा रहेको पन्चकन्या गाउंपालिकाले धार्मिक तथा सांस्कृति भेला नगर्न निर्देशन दिएको छ । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकाले गाउँपालिकाले विभिन्न सामाजिक कार्यहरु, धार्मिक तथा सांस्कृतिक भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको हो । गाउँपालिकाको कार्यालयले विशेष सूचना जारी गर्दै गाउँपालिकाभित्र सर्वसाधारण जमघट हुने कुनै किसिमका सामाजिक कार्यहरु (विवाह, ब्रतबन्ध, सेवा सञ्चालन, कार्यक्रम सञ्चालन समारोह, पर्व जात्रा) लगायत धार्मिक तथा सांस्कृतिक गतिविधिहरु नगर्न निर्देशन गरेको हो ।  सार्वजनिक स्थल, पार्टीपौवा, चौताराहरुमा अनावश्यक रुपमा जमघट तथा भेला हुने कार्य पूर्णरुपमा बन्द गर्न पनि गाउंपालिकाले भनेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.