Websoft University

कोरोना सङ्क्रमण पनि घटेन र निषेधज्ञाको समुदायमा राम्रो पालना भएन

 


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको आदेश पूर्ण कार्यान्वयनमा नआउँदा कोरोनाको सङ्क्रमणदर अपेक्षा गरिएअनुसार नघटेको सरकारले निष्कर्ष निकालेको छ । 

यसैकारण कोभिड–१९ को महामारीका कारण नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा केही हप्ता अझैँ पनि चुनौतिपूर्ण रहेने भएकाले सबै संयमित र सहयोगी भइ एकजुट हुनुपर्ने उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनीतिक गतिविधिका नाममा हुने ठूला जमघट, भेला सङ्ेक्रमण नियन्त्रणमा अनाउनुको कारण देखिएको छ । 

जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्दै डा अधिकारीले निषेधज्ञाको समयमा अझैँ पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्र कमि आएको भन्दै निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.