Websoft University

आजपनि देशका विभिन्न वर्षा नरोकिने


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागले आजपनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुने बताएको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । 

विभागले आज बिहान मौसमसम्बन्धी बुलेटिन जारी गर्दै हाल पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भएको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको बुलेटिनमा उल्लेख छ । यस्तै आज राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.