Websoft University

इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी बन्दै


सुनसरी इटहरी जेठ ११ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो । उपमेयर गौतमले हिजो मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा वन्दवन्दिले जटिलता भइरहेकोवेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा सुत्केरीहरु खुशि भएका छन । सुत्केरीहरुले इटहरी अस्पतालमा सुत्केरी गराएकाहरुको घरमा उपमेयर आउनुहुन्छ भन्ने सुनेका थियौं कहिले आउनुहोला भनेर वाटो कुरेर वसेको प्रतिक्रिया दिएको उपमेयर गौतमले जनाउनुभयो । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.