Websoft University

उदयपुर कटारी तिल्केचौरको सिंगो बस्ती खतरामा

 

फयल फोटो 
  गाईघाट ११ जेष्ठ । रातो तारा डट कम,जमिन भासिएर स्थानिय बासिन्दाहरुको घरहरु चर्किन थालेपछि उदयपुरको कटारी नगरपालिका  वडा न १० तिल्केचौरको सिंगो बस्ती खतरामा परेकोछ । बस्ती देखि केहि माथि दुई सय मिटर लामो ध्वजा परेर जमिन धसिएर स्थानिय डाकबहादुर थापा , लिल बहादुर , बालकृष्ण थापा, मनकुमारी कार्की , मिन बहादुर थापा, भुपेन्द्र वगले थापा , केशब बस्नेत , लाल बहादुर थापा, यज्ञ बहादुर , दुर्गा बहादुर , रमेश ,लिलबहादुर थापा र असोक बिष्टको घर जोखिममा परेको वडा अधक्ष्य लिलानाथ भट्टराई ले बताए । “१३ घरपरिवारले सुरक्षाको माग गर्दै सामुहिक निवेदन दिन  दिएकाछन ।  मैले स्थलगत अबलोकन गर्दा पुरै जमिन भासिएर बस्ती जोखिममा परेको छ । उनले भने । जमिन के कारण ले भासियो भन्ने बारे भुर्गवविद बोलाउने तयारी भैरहेको छ ।” उनले भने । जमिन भासिन थालेर बस्तीमा खतरा हुन लागेपछि बस्ती लाई अन्यत्र सार्ने तयारी भैरहेको उनले बताए ।मेयर साबलाई सबै जानकारी गराई सकेको उनले बताए । “अब एक दुइ दिन भित्रै बस्ती अन्यत्र सार्छौ । ”उनले भने ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.