Websoft University

स्वाभिमान नेपालद्वारा आयोजित महिला उद्यमशिल तालिम सम्पन्न!


 शिव भट्टराई,मोरङ बैशाख  २२ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित इन्द्रपुर सहकारी संस्था लि को सभाहलमा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा  साथै 'स्वाभिमान नेपाल' संस्थाको आयोजनामा सुरु गरिएको ७ दिने महिला उद्यमशील तालिम आज बुधबार सम्पन्न भएको थियो।

कार्यक्रमकस प्रमुख अतिथि ललित बहादुर  श्रेष्ठले यस संस्थाले महिलाहरुलाई उद्यमशील तालिम गरेर उद्यमी बनाउने छ भन्ने विश्वास लिँदै संस्थामा उत्पन्न भएका समस्याहरूको समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको  बताएका छन्।

 त्यसैगरी विशिष्ठ अतिथी सिटौलाले महिलाहरुलाइ उधमी बनाउन नगरपालिकाले पहिलो प्राथमिकता दिएको र आफ्नो तर्फबाट संस्थालाई सकेको सहयोग गर्ने बताएका छन्।  समापन कार्यक्रममा  संस्थाकी अध्यक्ष गोमा खड्का कोंग्रेनको सभापतित्व साथै सुन्दरहरैंचा नगरपालिका वडा नं ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौलाको विशिष्ठ आतिथ्यता रहेको थियो। कार्यक्रममा ७ दिने महिला उद्यमशील तालिम अन्तर्गत बेहुली जुत्ता बनाउने तालिममा प्रशिक्षक मालती आचार्यले प्रशिक्षण दिएकी थिइन्। 

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सृजना खड्काले स्वागत मन्तव्य राखेकी थिइन्।त्यसैगरी कार्यक्रममा उपस्थित अतिथि समाजसेवी महिला अभियन्ता अनिता ज्ञवाली, पार्वती गच्छादार,मनुमाया तामाङ,तारा बस्नेत, देवी माया ढकाल, प्रभा घिमिरे, राम प्र गजुरेल लगायतले यस संस्थाले आगामी दिनहरूमा अझै सामाजिक कार्यहरु गर्दै अगाडि बढोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा तालिममा सहभागि महिलाहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिमको समापन गरिएको थियो।

त्यस्तै अध्यक्ष खड्काले अहिलेको तालिम साधारण भए पनि अब यसलाइ विस्तृत ढंगले अगाडि बढाउन नगरपालिका सँग समन्वय गर्ने र आगामी दिनमा अझ राम्रो सामाजिक कार्यक्रम ल्याएर यस संस्थाले समाज रुपान्तरणमा अग्रसरता दिने बताएकी छिन् भने सो कार्यक्रम संस्थाका सचिव देवचन्द्र घिमिरेले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.