Websoft University

इटहरी उपमहानगरले कृषकको समस्य सहजिकरण गर्दै


 सुनसरी इटहरी । रातो तारा डट कम,लकडाउनका वेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजिकरण गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरु सँग छलफल गरेर सहजिकरण गर्नुभएको हो । छलफल पछि सब्जि होलसेल ब्यापारीहरुले वारीमै गएर सब्जि उठाउने भएका छन ।

क्विन्टल भन्दा माथि भए कृषकको वारीमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरि समन्वय गरिएको उपप्रमुख गौतमले जानकारी दिनुभयो ।  लकडाउन का कारण उत्पादित सब्जि वजार सम्म पुरयाउन  नसक्दा कृहिएर कृषकहरु पीडित वनेका थिए । कृषकको गुनासो पछि उपप्रमुख गौतमले कृषकको वारीमै पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा आफूले किसानहरु निक्कै पीडित भएको पाएकाले समन्वय गरेको उपप्रमुखगौतमलेवताउनुभयो । भारत देखि तरकारी आयात भइरहेको तर आफनै ठाँउमा उत्पादित तरकारी कुहिएर जानु हुदैन भन्ने अभिप्रायले थोक विक्रेताहरु सँग समन्वय गर्दा उहाँहरु सकारात्मक पाएको उहाँले वताउनुभयो । लकडाउनको वेला पाकेको तरकारी वालीले वजार पाउने भएपछि कृषकहरु खुशी भएका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.