Websoft University

अस्पतालहरूमा रगतको अभाव भएपछि सुन्दरदुलारी उद्योग वाणिज्य संघले धरान रेडक्रस ब्लड बैंकको प्राबिधिक सहयोगमा गर्यो रक्तदान


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गछियामा सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा धरान रेडक्रस ब्लड बैंकको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


अहिलेको कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिरहेको अवस्थामा अस्पतालहरूमा रगतको अभाव भइरहेको कारणले गर्दा रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष किशोर कार्कीले बताए। त्यसैगरी यस्तो कोरोना भाइरस फैलिएको समयमा पनि रगत अभाव भएका कारण स्वास्थ्य मापदण्ड अपनाएर सो कार्यक्रम सम्पन्न गरिएको उनले बताए।


त्यस्तै सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष साथै सुन्दरदुलारी उद्योग वाणिज्य संघका महासचिव जीवन ढुंगानाले सुन्दरहरैंचा नगरपालिका भरीमा  वडा नं ३ मा कोरोना पोजेटिभ देखिएको व्यक्तिको संख्या अलिक बढी भएको बताउँदै त्यसका लागि वार्डले स्वास्थ्यकर्मीहरु सँग समन्वय गरेर उनीहरूको आवश्यकता र स्वास्थ्य अवस्था सुधारका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगको व्यवस्थापन गरिरहेको बताएका छन्। उक्त कार्यक्रममा रक्तदानमा सहभागिहरुलाई वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौलाद्वारा प्रशंसा पत्र वितरण गरिएको थियो।

धरान रेडक्रस ब्लड बैंकको प्राबिधिकसहयोगमा भएको रक्तदान कार्यक्रममा ३१ प्रिन्ट रगत सङ्कलन गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.