Websoft University

एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जना पक्राउ

 


सुनसरी, जेष्ठ-११ गते । रातो तारा डट कम, सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० के.जी. लागूऔषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको छ  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.