Websoft University

इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने बिषयमा छलफल




सुनसरी बैशाख २२ गते । रातो तारा डट कम, कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले  इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने विषयमा छलफल गरेको छ । इटहरीमा १५ वेड सम्म संचालन भएका अस्पतालहरु सँग छलफल गरिएको हो ।

छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन ।  ब्यवस्थापकहरु बिच आन्तरिक छलफल गरेर अर्को वैठकमा निर्णय दिइने नीजि अस्पताल संचालकहरुले वताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो ।

नीजि अस्पतालमा छुटटै फिवर  क्लिनिक राखेर अन्य  विरामी र कोभिडका विरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले नीजि अस्पताल सँग प्रस्ताव गरेको हो । छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र  पशुपति मोडल अस्पतालका संचालकको सहभागिता थियो ।

यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरुको अनुगमन गरिएको छ । इटहरीका दुईवटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने वताउनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.