Websoft University

सिद्धिचरण राजमार्ग संघर्ष समितीले आज अनिश्चित कालिन राजमार्ग ठप्प पारे


श्याम राई- गाईघाट ६ बैशाष । रातो तारा डट कम,सडकस्तरउन्नतीको माग राख्दै स्थानीयले सोमबार सिद्धिचरण राजमार्ग अन्तर्गतको  बेतीनी भञ्ज्याङग , पटना भञ्ज्याङग र घुर्मि सडक अबरुद्ध तुल्याएका छन।  स्थानीयले सिद्धिचरण राजमार्ग संघर्ष समिती गठन गरी आफुहरुले उठाएको माग पुरा नभए सम्म अनिश्चित  कालिन राजमार्ग ठप्प पार्ने मुद्धा अघि सारेकाछन  ।  राजमार्ग अबरुद्धको कारण बिहानै देखी उक्त राजमार्गमा यातायात सेवा ठप्प हुदा सवारी साधनको जाम लागेको छ । संघर्ष समितीका अधक्ष्य कटारी नगरपालीका ११ का वडा अधक्ष्य दिपक बुढा क्षेत्रीले अगामी आर्थिक बर्षको बजेटमा सडक स्तर उन्नती को लागी दुई लेन सडक निर्माणको लागी बजेटको सुनुस्चीतता  हुनुपर्ने बताए । उनले सिद्धिचरण राजमार्ग  हेर्नै छुट्टै आयोजना कार्यालय को स्थापना र तत्काल सडक मर्मत संभार गरेर ब्यवस्थीत आवत जावत गरीनु पर्ने माग समेत रहेको बताए । २०५२ मा नेपाली सेनाले निर्माण गरेको उक्त राजमार्ग को धेरै खण्डमा सडक जीर्ण बनेको छ ,। कटारी देखी घुर्मि सम्मको ४६ किलोमीटर सडकको कालो पत्रे सबै उप्कीएर सडक धुलाम्मे हुनुको साथै सडकमा ठुला ठुला खाल्डो खुल्टी परेको छ । जीर्ण सडक कै कारण मानविय क्षेती हुने गरी धेरै पटक उक्त सडक खण्डमा सडक दुर्घटना हुदै आएको छ । स्थानीय ले बर्षौ  देखी सडक स्तरउन्नतीको माग राख्दै केन्द्रमा धेरै पटक  डेलिगेसन जादा समेत अझै कुनै सुनुवाई नभएको कटारीका समाजसेवी एवम नेपाली काग्रेस उदयपुरका सचिब राम कुमार राईले बताए । “बाटो यती सम्म बिगी्रएको छकी एकतर्फि यात्रा गर्न समेत कठीन छ ”। उनले भने । राजमार्ग पुरै जीर्ण भएर धुले सडकमा परिणत भएको छ । राईले भने । झण्डै तिन दशक हुन लागेको सडकको सामान्य मर्मत संभार बाहेक कुनै काम हुन नसकेको उनले बताए । सिद्धिचरण राजमार्ग हेर्नै साईड इन्चार्ज लहान डिभिजन सडक कार्यालय का इन्जीनियर सुवास दत्तले उक्त सडक पुर्न स्थापना को  लागी चालु आर्थिक बर्षको लागी ३० करोड रुपैया आएको बताए ।“ एक महिना अघि मात्र बजेट आएको  छ।  ३ खण्डमा काम गर्ने गरी सडक पुर्ण स्थापनाको लागी टेण्डर लागेर ठेकेदार संग कामको संझौता भैसकेको छ ”। उनले भने । १२ किलोमीटर कालो पत्रे , पक्की नाला , गा्रभेल र वाल लगाउने काम अब को ३ दिन पछि सुरु गरीने उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.