Websoft University

आजबाट नयाँ वर्ष २०७८ सुरु


काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम,आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरीमनाइरहेका    छन् । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । तर, कोरोना महामारीका कारण यसवर्ष बजारमा खासै चहलपहल देखिएको छैन । पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमका कारण सरकारले नयाँ वर्षलाई घरमै मनाउन आग्रह गरेको छ । भिडभाड हुने स्थानमा नजान र भिडभाड नगर्न भन्दै सरकारले कोरोनाको जोखिमबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.