Websoft University

क्रिकेटमा हैदरावाद र कोलकोत्ताबीच खेल हुने


काठमाण्डौ चैत २९ गते । रातो तारा डट  कम,१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक मात्रै खेल हुँदैछ । आज हुने तेस्रो खेलमा सनराइजर्स हैदरावाद र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा हुने यी दुई  टोलीबीचको खेल नेपाली समय अनुसार राती सवा ८ बजेबाट सुरु हुनेछ । हैदरावाद डेविड वर्नरको कप्तानीमा मैदान उत्रने छ भने कोलकोत्ता ओएन मोर्गनको कप्तानीमा मैदान उत्रनेछ । यसअघि हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले जित हात पारेकोहो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.