Websoft University

नेपालमा आज एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिए


काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम, नेपालमा आज एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणबाट ५ सय ८० जना र ४ सय ५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६ सय ३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । यो संख्या पछिल्ला केही महिना देखिको उच्चहो ।  थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय ५४ जना हुन् । जसमा काठमाडौंका १ सय ७३, ललितपुरका ६१ तथा भक्तपुरका ३२ जना छन् । हाल नेपालमा ४ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । १ सय २९ जना आज कोरोनामुक्त भएका छन् ।  यो संख्या कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.