Websoft University

साना किसान कृषि सहकारी संस्था मृगौलियाले जेष्ठ नागरिकहरुलाई निशुल्क भ्रमण गराउँदै

 


शिव भट्टराई,मोरङ चैत  १९ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ११ मा रहेको साना किसान कृषि सहकारी संस्था लि मृगौलियाले जेष्ठ सेयर सदस्यहरुलाई ४ दिने तिर्थयात्राको आयोजना गरेको छ । उक्त संस्थाले बुधबार देखि शनिबार सम्म ४ दिनको लागि जेष्ठ सेयर सदस्यहरुलाई निशुल्क तिर्थयात्राको आयोजना गरेको हो।


विगतका वर्षहरुमा पनि तीर्थाटन भ्रमण गराउँदै आएको उक्त संस्थाले यसपाली पनि ६० बर्ष देखि माथिका जेष्ठ नागरिकहरुलाई मनकामना , देवघाट, जनकपुर, सखडा, गढी माई, बारहाक्षेत्र लगायत विभिन्न धार्मिक स्थलहरूको निशुल्क भ्रमण गराउने संस्थाका अध्यक्ष हरी बस्नेतले जानकारी दिएका छन्।

संस्थाले जेष्ठ नागरिकहरुको सम्मान गर्दै  जेष्ठ नागरिक अभिभावकहरुलाई सम्पूर्ण छोराछोरीहरुले आदर सम्मान साथै पूर्ण रूपमा पालन पोषण गरेर रेखदेख गर्न जरुरी छ भन्ने सन्देश दिने उद्देश्यले उक्त भ्रमणको आयोजना गरिएको अध्यक्ष्य बस्नेतले बताएका छन्। उनले भ्रमणमा सहभागी जम्मा ६९ जना जेष्ठ नागरिकहरुको लागि भ्रमणको अवधिभरि दैनिक औषधि देखि बाहेकका खाने बस्ने आराम गर्ने सम्पूर्ण व्यवस्था मिलाइएको बताउँदै यस भ्रमणले समाजमा निकै राम्रो सन्देश दिने आशा रहेको बताएका छन्।

त्यसैगरी भ्रमणमा सहभागी जेष्ठ नागरिकहरूले तीर्थयात्रामा सहभागी हुन पाउँदा निकै खुशी व्यक्त गर्दै उक्त भ्रमणको आयोजना गरेकोमा संस्थालाई हार्दिक धन्यवाद दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.