Websoft University

प्रदेश १ मा ११६ संक्रमित थपिए

 


विराटनगर, १० वैशाख । रातो तारा डट कम,प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१,  झापाको  दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कनकाई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा १–१, सुनसरीको  धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १, उदयपुरको  कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१,संखुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, ते¥हथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार १८६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७७६ पुगेको छ ।

प्रदेश १ मा आज ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.