Websoft University

सुपारी, केराउ, मरिच र छोकडा आयातमा लागु गरिएको कोटा वितरण सरकारले स्थगित गर्यो


 काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,सरकारले सुपारी, केराउ, मरिच र छोकडा आयातमा लागु गरिएको कोटा वितरण स्थगित गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै कोटा वितरण कार्य स्थगनको जानकारी गराएको हो । वितरण भएका कोटा पुनर्अध्ययन गर्ने भनेर तत्कालका लागि स्थगन गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिवप्रसाद सेढाईंले जानकारी दिनुभयो । एक वर्षदेखि आयात प्रतिबन्ध लगाइएको उक्त वस्तु निश्चित परिमाणमा खुला गर्ने निर्णय गत चैत ९ गते राजपत्रमा प्रकाशित भएको थियो । कोटा निर्धारणअनुसार परेको आवेदनमा समिक्षा गरेर थप निर्णय गर्नेगरी स्थगनको निर्णय भएको उहाँको भनाइ छ । सरकारले एक आर्थिक वर्षमा सुपारी २५ हजार, केराउ ८० हजार, नधुल्याइएको मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.