Websoft University

बालबालिकालाई तत्काल विद्यालयमा नपठाउनसमेत वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष आग्रह गरेकोछ– नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगे


काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,नेपालमा नोबेल कोरोना भाइरस (कोभिढ–१९) सङ्क्रमण दर रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष अपिल सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण दर उच्च हुँदै गएको निष्कर्षसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सावधानी अपनाउन विशेष अनुरोध गरेको हो । 

मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले एक विशेष अपिल जारी गर्दै कोरोना अति प्रभावित जिल्लाको सूची पनि हिजो सार्वजनिक गर्नुभएको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ । यस क्षेत्रका विद्यालयमा बालबालिकालाई तत्काल नपठाउनसमेत वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष आग्रह गरेकोछ ।

५ सय ३४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ सय ५७ जना भने कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.