Websoft University

सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगितामा आयोजक सुन्दरहरैंचा र पथरीशनिश्चरे फाइनलमा !

 


शिव भट्टराई,मोरङ बैशाख १२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिका भिड्ने भएका छन् ।

सुन्दरहरैंचा स्थित शुक्रबारे खेल मैदानमा आज भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक सुन्दरहरैंचाले उर्लाबारी नगरपालिकालाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै पथरीशनिश्चरेसँगको उपाधि भिडन्त पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा सुन्दरहरैंचाका लागि दोश्रो हाफको २ मिनेट बाँकी रहँदा जर्सि नम्बर ११ का आसिस चौधरीले गरेको गोल नै निर्णायक बन्यो । यसअघि दुवैतर्फका खेलाडीले पाएका अवसरमा गोल गर्न नसक्दा खेल निकै प्रतिस्र्धात्मक बनेको थियो । आजको खेलको म्यान अफ दी म्याच आयोजक सुन्दरहरैंचाका आशीष चौधरी घोषित भए ।

उनले नगद २ हजार र मेडल हात पारे । आजको खेलमा पहिलो हाफ सकिएर दोश्रो हाफ सुरु हुनु अघि केहिबेर तनाव समेत उत्पन्न भएको थियो। आयोजकले समयमै तनावलाई व्यवस्थापन गरेकाले खेल बिथोलिन भने पाएन । अब फाइनल खेल बैशाख १४ गते आयोजक सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिका बीच हुनेछ । यसअघि शनिबार भएको पहिलो सेमिफाइनल खेलमा लेटाङ नगरपालिकालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै पथरीशनिश्चरे नगरपालिकाले फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र विराटनगर महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गरेका छन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सह आयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.