Websoft University

आज फुटबलका दुई खेल हुने


काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर र किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी जित निकाल्दै सुखद सुरुवातको लक्ष्यमा हुनेछ । यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ भने बुटवल विशाल श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ । प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ । हिजो भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.