Websoft University

सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने --मन्त्री डा शिवमायाँ तुम्वाहाम्फे


सुनसरी । रातो तारा डट कम, भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमायाँ तुम्वाहाम्फेले सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरीको इटहरी ९ मा जारी लगत संकलन कार्यको नीरिक्षणका क्रममा उहाँले यहि सरकारले सुकुम्वासीलाई जग्गा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले सरकार ढल्छ कि ?पूर्जा नपाइएलाकी ?भन्ने आशंका नगरी ढुक्क भएर वस्न आग्रह गर्नुभयो । अहिलेको भूमी सम्वन्धि समस्या समाधान आयोग संविधानमा भएको ब्यवस्थालाई टेकेर ऐन वमोजिम गठन भएकाले यहि आयोगले भूमी सम्वन्धि समस्या समाधान गर्ने दावी गर्नुभयो । गलत विवरण र गलत कार्य नगरि छिटो र ब्यवस्थित ढंगले लगत संकलन गर्न मन्त्री तुम्वाहाम्फेले निर्देशन दिनुभयो । गतल विवरण दिने र भर्ने दुवैलाई कारवाही हुने तर्फ उहाँले सचेत गराउनुभयो । उहाँले सुकुम्वासीलाई जग्गा दिने भन्दै रकम असुली गर्ने गरेको पाइए कारवाही गरिने वताउनुभयो । स्थानीय तहले जति राम्रो र ब्यवस्थित ढंगले काम गर्छन त्यतिनै चाडो परिणाम आउने मन्त्री तुम्वाहाम्फेको भनाई छ । इटहरी उपमहानगरमा भूमी सम्वन्धी समस्या समाधानका लागि भइरहेको कार्यको उहाँले प्रशंशा गर्नुभयो । कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतले वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी,भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन सकिने वताउनुभयो । उहाँले इटहरीका सवै वडाहरुमा लगत संकलनको कार्य भइरहेको जानकारी गराउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.