Websoft University

सुन्दरहरैंचा ७ गोठगाउँमा ट्रिपरको ठक्करबाट एकको मृत्यु!

 


शिव भट्टराई,मोरङ बैशाख १ गते । रातो तारा डट कम,प्रदेश नं १ मोरङको सुन्दरहरैंचा वडा नं ७ स्थित गोठगाउँमा नयाँ वर्षको दिन एक बिहानै दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र-१ -०२-००१ ख ८५३० न. को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा सुन्दरहरैंचा ७ बस्ने ७५ वर्षीय मैया प्रधानको मृत्यु भएको छ। 


गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको उनको उपचारको क्रममा अन्दाजी ६ बजे मृत्यु भएको हो भने टिपर र टिपर चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ।

त्यसैगरी स्थानीयले पूर्व पश्चिम राजमार्गमा अन्दाजी १ घण्टा सडक  अवरुद्ध गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.