Websoft University

खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र हृयाट बनाइदै


 सुनसरी । रातो तारा डट कम,इटहरी  उपमहानगरपालिका वडा नम्वर १८ का महिलाले जंगलमा त्यतिकै खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र हृयाट वनाएका छन । इटहरी उपमहानगर उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समूदायका महिलाले सुन्दर सुन्दर ब्याग र ह्याट वनाएका हुन ।

उहाँहरुलाई दाङ्ग वाट आएर चन्द्रावती चौधरीले थाकल वाट ब्याग र हयाट वनाउन सिकाउनुभएको हो । तालिम समापन कार्यक्रममा सहभागिहरुले थाकल वाट यति राम्रा समाग्री वन्छन होला भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिए । सहभागिहरु ओम कुमारी र सुमित्रा चौधरीले सिकेको शीपमार्फत ब्यवसायिक वन्ने आत्मविश्वास वढेको वताउनुभयो । इटहरी १८ का महिला मेहनति रहेको भन्दै सहजकर्ता चौधरीले प्रशंसा गर्नुभयो ।

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकरका समाग्री निर्माण गरि वडा नम्वर १८ को पहिचान वनाउन आग्रह गर्नुभयो । उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । वडाध्यक्ष राम कुमार चौधरीले वजार र पूँजीको अभाव हुन नदिने वताउनुभयो । स्थानीय नेत्री अम्विका चौधरीले सिकेको शीपलाई प्रयोग गरेर ब्यवसायिक वन्न सल्लाह दिनुभयो । कार्यक्रम संयोजक अन्जु चौधरीले इटहरी १८ का महिला थाकल वाट विभिन्न समाग्री वनाएर वेच्न उत्साहित रहेको वताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.