Websoft University

लागूऔषध र नियन्त्रित औषधी सहित मेडिकल पोलि क्लिनिकका संचालक पक्राउ


उदयपुर, बैशाख-४ गते । रातो तारा डट कम, उदयपुर बेलका नगरपालिका १ आम्बासी स्थितमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादबलाई लागूऔषध र नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE -१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE - ५१५ ट्याब्लेट, KOFTAB-D  - ३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE  OPIDOL - १५०२ ट्याब्लेट, PREGOUT KIT १० ट्याब्लेट, SILDENAFIL- ४ ट्याब्लेट, ZUNUGRA  RED १२ ट्याब्लेट र नगद रु १,१७,००० (एक लाख सत्र हजार) मोबाईल १ थान बरामद गरेको छ । बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका उनको अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.