Websoft University

समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण ः मन्त्री राई

 


विराटनगर । रातो तारा डट कम प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताउनुभयो । 

नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताउनु भएको हो । उहाँले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफु प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’ 

सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित दीक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिम प्रदेश प्रमुख स्काउटका रुपमा दीक्षित गरेको हो । 

दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपालमा नैतिकवान नागरिक उत्पादनका लागि स्काउटले काम गरिरहेको बताउनुभयो । प्रदेश संयोजक रवि खनालले सिमित विद्यालयमा रहेको स्काउट अहिले ठुलोम मात्रामा फैलिएको बताउनुभयो । उहाँले प्रदेश १ का ५ सय बढी व्यक्तिहरुलाई स्काउट लिडरको तालिम प्रदान गरिएको जानकारी दिनुभयो । 

दीक्षान्त समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, उपसचिव अम्विका चौलागाई, स्काउटका सल्लाहकार लगायतको सहभागिता रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.