Websoft University

भिम पराजुलीले मानवसेवा आश्रममा बिहानको भोजन गराएका छन् ।

 


बिराटनगर बैशाख ३ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिकाका नगरप्रमुख एवं मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) प्रदेश नं १ विराटनगर शाखाका संरक्षक भिम पराजुलीले मानवसेवा आश्रममा बिहानको भोजन गराएका छन् ।

मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि संरक्षण गर्दै आइरहेको छ ।

यसरी सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका व्यक्तिहरुको उद्धार गरिरहेको मानवसेवा आश्रममा बिहानको भोजन गराउनका लागि महानगर प्रमुखसँगै धर्मपत्नी रन्जिता पराजुली, महानगरपालिकाका सामुदायिक शाखा प्रमुख पुनम दाहाल, मानवसेवा आश्रमका अभिभावक सन्त पुरुष आदर्श साहेब, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, प्रमुखका स्वकीय सचिव लोकेन्द्र तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

नगर प्रमुखको धर्मपत्नीले मानवसेवा आश्रममा पहिलोपल्ट आउँदा त्यहाँको सेवा देखेर प्रभावित भएको बताईन् । "यहाँ धेरै जना मानसिक रोगी हुनुहुँदो रहेछ, उहाँहरुको उपचारको लागि म पनि स्वास्थ्य क्षेत्रबाट भएकोले आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्न प्रतिबद्ध छु । मानसिक रोगी व्यक्तिहरुको सेवा गर्नु कठिन छ । यहाँको सेवा देखेर प्रभावित भएँ ।" उनले भनिन् ।

मानवसेवा आश्रमको प्रादेशिक केन्द्र विराटनगरमा ल्याउँदाको स्मरण गर्दै प्रमुख पराजुलीले यस किसिमको सेवा भाव भएमात्र मानवीय सेवा गर्न सकिने बताए । "सेवामा साना साना भाई बहिनिहरु छन्, मनोरोगी आमा बुबाको सिँगान, दिशा, पिसाब केही नभनी सेवामा जुट्नु आफैमा सानो कुरा होइन ।" उनले भने ।

"मानवसेवा आश्रमसँग जोडिएर सेवा गर्न पाएर मानवसेवाको सर्वोत्तम कार्यमा जोडिने अवसर दिनुभएको छ यसका लागि मानवसेवा आश्रमलाई धन्यवाद दिन चाहन्छु । मानवसेवा आश्रमको प्रादेशिक सेवाकेन्द्र विराटनगर र विराटनगर महानगरपालिकाले सहकार्य गरेर सेवालाई अगाडी बढाउने अभियानमा छौं ।" प्रमुख पराजुलीले भने ।

"हामी सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश नं १ बनाउने अभियानमा छौं यसका लागि सबैजनाले हुन सक्ने सहयोगका लागि अनुरोध गर्दछु ।" पराजुलीले थपे ।

हाल मानवसेवा आश्रम प्रदेश नं १ शाखा विराटनगर वडा नं १० तिनटोलिया (अरनिको स्कुलसँगै), वडा नं ३ पोखरिया (बन कार्यालय नजिकै) र वडा नं १ ठुलो मिलचोक (पूर्व पियु डिनको कार्यालय) मा रहेको छ । ३ वटा सेवाकेन्द्रमा गरि आजको दिनमा २०५ जना सहयोगापेक्षी मानिसहरुले सेवा प्राप्त गरिरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.