Websoft University

असल श्रम सम्बन्ध विकासमा उद्योग संगठन मोरङको पहल

 


बिराटनगर  वैशाख ६ गते । रातो तारा डट कम,उद्योग÷व्यवसाय क्षेत्रमा कार्यरत श्रमिक र संचालक÷ब्यवस्थापक वीच सुमधुर श्रम सम्बन्ध विकास गर्दै उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले उद्योग संगठन मोरङको पहलमा यस क्ष्ँेत्रमा क्रियाशिल टे«ड युनियनहरुको प्रदेश तथा जिल्ला समितिहरुका साथ आज मिति २०७८ वैशाख ०६ गते संगठनको आयोजनामा परिचयात्मक तथा श्रम सम्वन्धी समसायिक विषयमा छलफल सम्पन्न भएको छ ।

छलफलमा ब्यवस्थापक र श्रमिक वीचको असल श्रम सम्वन्ध स्थापना गर्दै यस श्रेत्रलाई देशकै उदाहरणीय श्रममैत्री औद्योगिक कोरीडोरका रुपमा विकास गर्ने, उद्योग प्रतिष्ठानका श्रम समस्या समाधानका लागि ट्रेड युनियन र संचालक वीच आगामी दिनमा छलफलमा निरन्तरता दिई आपसी सहमतिका आधारमा समाधान गर्ने, व्यवसायजन्य स्वास्थ्य सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न संगठनले पहल एवं समन्वय गर्ने भएको छ । 

छलफलमा वोल्दै संगठनका अध्यक्ष सुयष प्याकुरेलले ब्यावस्थापक र श्रमिक एक रथका दुई पाग्रो भएकाले दुवैको आपसी सम्वन्ध थप प्रगाढ बनाउनु पर्ने वताउदै महीला श्रमिकको समस्यालाई पुरुषले समेत उठाउनु पर्नेमा जोड दिनु भयो । उहा“ले कोरीडोरका उद्योगमा असल श्रम सम्बन्ध विकासका लागी संगठनका तर्फवाट आफुले लगायत कार्यसमितिले पहल गर्ने विश्वास दिलाउदै संगठनमा सामाजिक सुरक्ष्ाँ कोषका सम्वन्धमा सहजीकरण गर्न संगठनमा एक इकाई स्थापना गर्न कोषका साथ सकारात्मक पहल भएको जानकारी समेत गराए ।  

संगठनका रोजगार हेर्ने उपाध्यँक्ष भोलेश्वर दुलालले संगठनले यस क्ष्ँेत्रलाई लगानीमैत्री वनाउदै ट्रेड यूनियनले उठाएका कतिपय विषय केन्द्रीय तहवाट हल हुने भएकाले उक्त विषयलाई अविलम्व सम्वोधन गर्ने केन्द्रिय तहमा पहल गरी स्थानिय स्तरमा समाधान गर्न सकिने समस्यालाई समाधान गर्न संगठन मार्फत पहल गर्ने धारणा राखे । 

सयूक्त ट्रेड यूनियन समन्वय समितिका संयोजक टिका प्रसाईंले सामाजिक सुरक्षा योजना, श्रम ऐनमा भएका व्यवस्था, न्यूनतम पारिश्रमिक जस्ता श्रमिकका विषय कार्यन्वयनमा उद्योग संगठनलाई यस क्षेत्रमा नेतृत्वदायि भुमिका निर्वाह गर्न अनुरोध गर्दै विगत एक वर्ष देखि विश्वलाई आक्रान्त पारेको कोरोना महामारीको समयमा श्रमिकले पाउन सक्ने आधारभुत सुविधाहरुको उपलब्धता सुनिश्चित गर्नु पर्ने विचार राख्नु भयो । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश अध्यक्ष्ँ किशोर धमलाले श्रम ऐनमा भएको व्यवस्था कार्यन्वयन गर्न संगठन र ट्रेड यूनियनहरुले संयूक्त रुपमा पहल गर्नूपर्ने विचार राख्दै ट्रेड यूनियनहरु श्रमिक र संचालक वीचको पूल भएकोवताउनुभयो ।  

नेपाल ट्रेड यूनियन का“ग्रेस प्रदेशका अध्यक्ष श्री नारायण वावु कार्कीले श्रमिकहरुको लागि प्रदेश स्तरिय ऐन, कानुन नभएकाले प्रदेश स्तरिय श्रम निति निमार्णमा संगठनले प्रदेश सरकार समक्ष पहल गर्नु पर्ने धारणा राख्नु भयो ।  

समाजवादि ट्रेड यूनियनका प्रदेश अध्यक्ष्ँ मोहम्मद नसरुलले श्रमिक र संचालक विच नङ मासुको सम्वन्ध भएकाले श्रमिकका समस्या समाधानमा संचालक÷व्यवस्थापकले चासो दिई विवाद उत्पन्न हुनै नदिने वातावरण तयार गर्न एक अर्कालाई सहयोगको भावना लिई काम गर्नु पर्ने वताउनु भयो । 

उद्योगमा कार्यरत महिलाहरुलाई दृष्टिगत गर्दै महिला मैत्रि वातावरण निमार्ण गर्न र शिशु स्याहार केन्द्र संचालनमा ल्याईनुका साथै महिला हिंसा न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम संचालन गर्न नेपाल ट्रेड यूनियन का“ग्रेसको मोरङ महिला विभागको अध्यक्ष्ँ झुमा निरौलालेजोड दिनुभयो । 

परिचयात्मक तथा श्रम सम्वन्धी समसायिक विषयमा छलफल कार्यक्रममा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्द किशोर राठी, कोषाध्यक्ष विपिन काबरा, कार्यसमिति सदस्य तारानाथ निरौला लगायत जिफन्ट, नेपाल ट्रेड यूनियन का“गेस, अखिल नेपाल ट्रेड यूनियन महासंघ, समाजवादि ट्रेड यूनियन महासंघको प्रदेश र मोरङ जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।    


२०७८ वैशाख ०६ गते, सोमवार

विराटनगर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.