Websoft University

शिकार खेल्ने क्रममा गोली लागी १ जनाको मृत्यू


बिराटनगर । रातो तारा डट कम, जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३२ को हस्त वहादुर राई, ऐ।ऐ।बस्ने बर्ष ३७ को गजेन्द्र राई र ऐ।ऐ।बस्ने बर्ष २६ को रुबिन लिम्बु घरबाट बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगल तर्फ शिकार खेल्न गएकोमा ऐ। ९ गते निजहरु मध्येका हस्त वहादुर राईको दाहिने कुममा गोलि लागी मृत अवस्थामा छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वेलबारीबाट खटिएको प्रहरी टोलीले मृतकको लाशको लाशजाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी घटनास्थल नजिकै रहेको भरुवा बन्दुक थान -१ समेत वरामद गरी मृतक लाशलाई पोष्टमार्टमको लागि बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाई घटना सम्वन्धमा थप अनुसन्धान गर्ने क्रममा सोही रात रातको अन्दाजी २१.०० बजे शिकार खेल्न गएका मध्ये गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि निज हस्त वहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएकोले निजहरू गजेन्द्र राई र रूविन लिम्बुलाई मिति २०७८।०१।०९ गते अन्दाजी १६.०० बजे पक्राउ गरी ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान कार्य भई रहेकोछ । 

पक्राउ प्रतिवादीहरु 

मोरङ केराबारी गा।पा।वडा नं ३ बस्ने बर्ष ३७ को गजेन्द्र राई ।

ऐ।ऐ।बस्ने बर्ष २६ को रुबिन लिम्बु ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.