Websoft University

श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ

 


सुनसरी, चैत्र २६ गते । रातो तारा डट कम,

ईटहरीका बिभिन्न स्थानमा श्रृङखला बद्ध  रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१२ घर भई मोरङको केरावारी गाउँपालिका- ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् । बिगत केही महिना देखि ईटहरी एरियाका बिभिन्न स्थानहरुबाट दिन दहाडै चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुको जाहेरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरी चोरीमा संग्लग्न रहेका मोतेलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.