Websoft University

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरे - प्रदेश नवनियुक्त मन्त्रीले सफत पनि आजै लिए

 


विराटनगर चैत १३ गते । रातो तारा डट कम, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।सरकारका नवनियुक्तमन्त्रीहरुले आजै शपथखाएकाछन् ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका छन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।

राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हन भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर आली समूहमा लागेकी सांसद हुन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन भने ओझा नेपाल समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।

सर्वोच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डलमा सङ्कटको बेला सहयोग गरेकालाई प्राथमिकता दिइएको छ ।

गत पुस १२ गतेयता मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा र हिक्मतकुमार कार्कीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।

आफूविरुद्धको आविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन आफ्ना सांसदलाई बुधबार एक साताको समय दिएका मुख्यमन्त्री राईले लगत्तै सरकार विस्तार गरेका हुन् ।

विस्तारपछि प्रदेश मन्त्रिपरिषद् नौ सदस्यीय हुनेछ । पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्कालीन प्रचण्ड–माधव समूहका नेता तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।

१० पुसमा मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । त्यसयता मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री मात्रै थिए ।

राजनीतिक रस्साकस्सीको तीन महिनापछि मुख्यमन्त्री राईले सामाजिक विकास, आर्थिक मामिला, भौतिक पूर्वाधार र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.