Websoft University

एन्फा कम्प्लेक्समा जारी फुटवल खेलको आज अन्तिम दिन २ खेल हुने


काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आजबाट सकिदैछ । एन्फा कम्प्लेक्समा जारी लिगको अन्तिम दिन आज दुई खेलहरु हुनेछन । पहिलो खेलमा झम्सिखेल युथ क्लब र मध्यपुर युथ एसोसियसनबीच प्रतिस्पर्धाहुनेछ । झम्सिखेल र मध्यपुरबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । दुबै टिम लिग चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुने छन् ।

 झम्सिखेल १० खेलमा ६ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । मध्यपुर १३ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा च्याम्पियन सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटीबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आरसिटीबीचको दिउँसो साढे २ बजे सुरु हुनेछ । दुई खेल अगाबै च्याम्पियन बनेर ‘ए’ डिभिजनमा बढुवा भएको सातदोबाटो अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । सातदोबाटो १० खेलमा २५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । 

आरसिटी १३ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । आरसिटी पनि सातदोबाटोलाई हराएर लिगको सुखद अन्त्य गर्ने योजनामा हुनेछ । लिगबाट पुल्चोक स्पोर्ट्स क्लब यस अघि नै ‘सी’ डिभिजनमा घटुवा भईसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.