Websoft University

तस्कर समूह र प्रहरीबीच गोली हानाहान–एकको मृत्यु


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम,कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएकोछ । लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा दोहोरो गोली हानाहान भएको हो । 

हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ । प्रहरीको जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २५ वर्षीय गोबिन्दा सिंह रहेका छन् । बाँकी तस्कर भने फरार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना सामान्य घाइते भएको पनि उहाँले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.