Websoft University

आज फुटबलका २ खेल हुने


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२ः१५ मा सुरु हुनेछ । सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ । यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ । मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.