Websoft University

लायन्स क्लव अफ विराटनगरद्वारा विद्यालयलाई सहयोग

 


मोहन कुमार राई÷ फाल्गुण २१ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित शारदा आधारभूत विद्यालय, ओखरबोटेलाई लायन्स क्लव अफ विराटनगरद्वारा  सहयोग  प्रदान गरेको छ ।


लायन्स क्लव अफ विराटनगर प्रोफेसनल, वन–हर्ट र वी–सर्भबाट स्कुल सर्पोट कार्यक्रम अन्तरगत विद्यालयलाई सहयोग गरेको संस्थाको सदस्य अमृत कार्कीले वताउनुभयो ।  चैनपुर नगरपालिका उप प्रमुख मुना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका वीच विद्यालयलाई प्रिन्टर, डिक्सनरी, शुक्ष्म दर्शक यन्त्र, विज्ञान सामग्री, खेलकुद सामग्री लगात १ लाख २५ हजार बराबरको  सामग्री प्रदान गरेको विद्यालयका प्रअ भीमबहादुर कार्कीले वताउनुभयो । 


सानै भए पनि विद्यालयलाई सहयोग पुगोस भन्ने उद्देश्यका साथ सामाजिक सेवा प्रदान गर्दै आएको यो संस्थले पहाडी जिल्ला संखुवासभामा समेत यो सेवा प्रदान गरेको क्लवका सचिव अञ्जना श्रेष्ठले वताउनुभयो । यसैगरी विद्यालका प्रअ भीमबहादुर कार्कीले  विद्यालले यस किसिमको सहयोग प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुहुँदै सहयोगी संस्थालाई धन्यवाद् प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका चार्टड प्रेसिडेन्ट डिल्ली प्रसाई, याङ हर्टका निश्चल श्रेष्ठ, नितम चौहान उपस्थित रहेका थिए ।यसैगरी चैनपुर नगरपालिका वडा नंं ६ का वडाध्यक्ष नेत्रबहादुर डाँगी, योजना अधिकृत महेश गौतम, विद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण बहादुर कार्की , सञ्चारकर्मीहरु लगायतको उपस्थिति प्रअ कार्कीले वताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.