Websoft University

रंगहरूको पर्व होली सुरु


काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,आजदेखि देशभर रंगहरूको पर्व होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर २६ मिनेटमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो । 

चन्द्रमास अन्तर्गत फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यस वर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धीत यो पर्व आजबाट विधिवत सुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो । वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । 

बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको छ । उता जनकपुरबाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको पर्वता तर्फ गएको छ । फागुन २९ गतेबाट सुरु भएको परिक्रमा नेपाल र भारतका विभिन्न स्थानको परिक्रमा गर्दै १४ गते जनकपुर पुगी १५ गते अन्तरगृह परिक्रमा गर्ने गरिन्छ । 


ने

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.