Websoft University

पाल पत्रकार महासंघ केन्द्रीय निर्वाचनका समितिले कार्यतालिका आज सार्वजनिक गर्यो


काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज बेलुकी सवा ५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । 

मतदाता नामावली उपर दाबी विरोध भोलि अर्थात् ९ गते दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्ने गरी तोकिएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिनुभयो । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ । 

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ । उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवम् सदस्यका लागि मतदान गर्न पाउनेछन् । 

मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताउनुभयो । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ । देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.