Websoft University

उत्साहित बनेर खोप लगाए जेष्ठ नागरीकले

 


बेलबारी मोरङ फागुन २३ गते । रातो तारा डट कम,जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवार देखी सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन ।  डरत्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने आकलन भइरहेका बेला बृद्धाबृद्धाहरुको उत्साहित हुदै खोप लगाएका छन । 


कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ गाँउमा गएर कोरोको खोपका बिषयमा जेष्ठ नागरीकहलाई बुझाएका थिए । खोप लगाउन सुझाव दिदै स्वास्थयकर्मीहरुले गाँउ गाँउमा परिचालित भएपछि उत्साहा देखीएको हो । सबैलाई घर घरमै गएर खोप लगाउदाका फाईदा र बेफाईदा  बारे जाकारी गराएको स्वास्थकर्मी सन्तोष विश्वकर्माले बताए । 

 पहिला कुनै पनि खोप नलगाएकाले समेत उत्साहित भएर खोप लगाएका छन । खोप लगाएकाहरु जेष्ठ नागरीकहरुलाई ढुक्क भएर भ्याकसिन लगाउन आग्रह गरेका छन । ढुक्क भएर भ्याकसिन लगाउन स्थानिय कुलचन्द्र कार्कीले आग्रह गरेका छन । सकारले ल्याएको कार्यक्रम राम्रो भएको समेत उनिहरुले प्रतिक्रिर्या दिएका छन । खोप लगाउनका लागि नागरिकता,मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर उनिहरु खोपकेन्द्रमा पुगेका थिए । 

गर्भवती महिला,तुरुन्त गर्भवती हुने योजनामा रहेका महिलाहरू, सिकिस्त बिरामीहरुले खोप लगाउन नमिल्ने अन्य सवैले भ्याक्सिन लगाउन मिल्ने डाक्टर उमेश शाहाले बताए । स्वास्थ्यकर्मीहरुले ध्यान दिए सवै नागरीकले ढुक्कले खोप लगाउने डक्टर शाहाको भनाई रहेको छ । २८ गते सम्म खोप केन्द्र तथा नजिकैको स्वास्थय केन्द्रमा खोप लगाइने नगरपालिकाको कार्यालयले जनाएको छ । खोप केन्द्र तथा स्वास्थ्य कार्यालयहरुमा गएर खोप लगाउन नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सवैलाई आग्रह गर्नु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.