Websoft University

अव इटहरी र इटहरी आसपासमा महिलाले नौमति वाजा बजाउन थाले


सुनसरी इटहरी फागुन २३ गते । रातो तारा डट कम, अव इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने भएका छन । आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती वाजा प्रदान गरेको छ । अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेवाजा महिला समूहलाई नौमति वाजा प्रदान गरिएको हो ।

उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत महिला समूहलाई ब्यवसायिक रुपमा अघि वढन नौमति वाजा प्रदान गरिएको उपमेयर लक्ष्मी गौतमले वताउनुभयो । तारा निरौला संयोजक रहेको महिला समूहका महिलाले कार्यक्रममा नौमतिे वाजा घन्काएर सवैलाई नचाएका थिए । पुरुषले मात्र गर्ने भनिएको काम गर्न महिलालाई उत्प्रेरित गरि नौमति वाजा प्रदान गरेर नयाँ ढंगवाट ब्यवसायिक वनाउन खोजिएको भन्दै प्रदेश १ की उपसभामुख शारदा पोखरेलले उमहानगरको यो कदमको प्रशंशा गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.