Websoft University

ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु

 


पाँचथर, चैत्र ११ गते । पाँचथर फाल्गुनन्द-५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम-७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुलाइ तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकोछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.