Websoft University

सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग नेपाल र भारतको दोहोरा नागरिकता भेटियो


बिराटनगर फागुन  १९ गते । रातो तारा डट कम,मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको पाइएको छ । मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो ।

वडाअध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्डरहेकोछ । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकतामा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बरको र जारी मिति २०५५ असार ५ गते भएको पाईएको छ ।

आधार कार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएम समेत लिएको देखिन्छ । उनले बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मियाँ सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।

यता नेपालमा पनि नुरुल मियाँको नाममा वंशजकै नागरिकता रहेको छ । उनले वंशजको नागरिकता लिएको देखिएको छ । आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गरेको देखिन्छ । वडाअध्यक्ष मियाँले व्यवसाय गरेपछि बैंकमा खाता खोलेको बताउँदै अहिले ठेक्कापट्टा लगायतका विषयमा जोडिएका केही व्यक्तिहरुले अनावश्यक उचालेर प्रभावित बनाउन खोजेको बताए । उनले दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको बताए ।

‘चारवर्ष अगाडीसम्म दिल्लीमा मेरो व्यवसाय थियो, अध्यक्ष मियाँले भने, ‘त्यो कुरा अहिले पत्रकार सम्मेलन गर्नेहरुलाई चुनावकै बखत पनि थाहा थियो ।’ आधार कार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दावी गरे ।

स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाँको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका छन् । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुबिधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बद्दर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न उनीहरुले पत्रकार सम्मेलन गरि माग गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.